1 of 22

" तानसेनको गौरब, शिक्षा, स्वास्थ्य,पर्यटन, कला र पौरख "

तानसेन नगरपालिका नगर पाश्र्वचित्र,२०७५

तानसेन नगरपालिका नगर पाश्र्वचित्र,२०७५ डाउनलोड गर्ने यहाँ  क्लिक गर्नु होस् !!!

तानसेन नगरपालिकाको मोबाइल एप

तानसेन नगरपालिकाको मोबाइल एप  डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!! 

तानसेन नगरपालिकाको वेबसाइटमा यहाहरुलाई स्वागत छ

तानसेन नगरपालिका लुम्बिनी अञ्चल कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई १५ वटा वडा र हाल पुनर्संरचना पछि  १४ वटा वडा  रहेका छन । 

योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 

पत्रकार सम्मेलन - दोस्रो नगर सभा

दोस्रो नगर सभा  दफाबार छलफल पश्च्यात  सर्वसहमति मा पारित भएका विधियेक हरु पत्रकार सम्मेलन  गरि  सार्वजनिक गरिदै 

तानसेन नगरपालिकाको प्रोफाइल निर्माण सम्बन्धमा

तानसेन नगरपालिकाको प्रोफाइल निर्माण कार्य अन्तर्गत घरधुरी सर्वेक्षण कार्यक्रम

नगर सभाको अधिवेशन आव्हान गरिएको बारे

    

मेहलधारा टोल विकास सस्था द्वारा सरसफाई कार्यक्रम

मिति २०७४/१२/१४ गते बिहिबार को दिन मेहलधारा टोल विकास सस्था ले  सरसफाई कार्यक्रम सम्पन्न  गरेको  छ  | यस संस्था ले महिना को २ दिन  १ गते र १५ गते यो आभियन संचालन गरेको  हो 

सौर्य सडक बत्ति आपूर्ति तथा जडान सम्बन्धी शिलबन्दि बोलपत्र आवहानको सुचना

प्रारम्भिक वातावरणी परिक्ष्ण (IEE) सम्बन्धी सार्वजनिक सुचना

 

 

Pages