FAQs Complain Problems

तानसेन नगरपालिकाद्वारा पहिलो सहकारी संस्था दर्ता

तानसेन नगरपालिकाद्वारा पहिलो सहकारी संस्था दर्ता

तानसेन नगरपालिका क्षेत्रमा विभिन्न पेशा व्यवसाय गरी बस्ने वासीन्दाहरुले तानसेन नगरपालिका वडा नंं ६ मा कार्यालय रहने गरी समाजसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरेका छन । तानसेन नगरपालिकाद्वारा नेपालको संविधानको व्यवस्था, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (ख) को प्रावधान बमोजीम स्थानीय तहको क्षेत्र भित्र कार्यक्षेत्र रहने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन गर्ने अधिकारका आधारमा पहिलो पटक तानसेन नगरपालिकाको सहकारी

ऐन, २०७४ को दफा ६ बमोजिम उल्लेखित नाम र ठेगाना रहेको सहकारी संस्था दर्ता गरेको छ । आज २०७५ श्रावण २९ गतेका दिन नगरपाकिलाका विभिन्न पदाधिकारी तथा सम्वन्धित संस्थाका प्रतिनिधीहरुको सहभागीतामा एक कार्यक्रमका वीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले संस्थाका अध्यक्ष दान बहादुर कुवंरलाई सहकारी संस्थाको दर्ता प्रमाण–पत्र तथा स्विकृत विनियम प्रदान गर्नु भयो । सो क्रममा उहाले पहिलो पटक दर्ता भएको यो संस्था सहकारी अभियानको कार्यमा पनि नगर क्षेत्रमा प्रथम रहनु पर्ने बताउनु भयो । यस क्रममा उहाले स्थानीय बासीको जीवनस्तर माथी उठाउन सहकारी संस्था प्रमुख माध्यम हुन सक्ने भन्दै जनताको सामाजिक विकास र आर्थिक विकासको मेरुदण्डको रुपमा यस संस्थाले कार्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत एवं दर्ता रजिस्ट्रार कीर्तनराज पौडेल, ता.न.पा. ६ का वडा अध्यक्ष सागरमान महर्जन, बरिष्ठ अधिकृत दुर्गा बहादुर थापा, योजना तथा प्रशासकीय अधिकृत विष्णु पौडेल, सूचना प्रविधि अधिकृत प्रकाश गैरे तथा संस्थाका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । संस्था स्थापनाको क्रममा हाल संस्थामा १८ महिला, १९ पुरुष सहित कुल ३७ जना सदस्यहरु रहेका छन भने शेयर पुँजी रकम रु. ११ लाख ११ हजार र प्रवेश शुल्क वापतको रकम रु.३ सय ७० रहेको छ । संस्थाको तदर्थ संचालक समितिमा अध्यक्ष दान बहादुर कुवंर, उपाध्यक्ष जय प्रकाश उप्रेती, सचिव लक्ष्मण प्रसाद आचार्य, सहसचिव राजेश कुमार भट्टराई, कोषाध्यक्ष मदन सिंह राना र सदस्यहरुमा केशव नेपाल, युवराज पंगेनी, मीना कुवंर र शान्ता आले के.सी.रहनु भएको छ ।

श्रोत ः दुर्गा बहादुर थापा, बरिष्ठ अधिकृत–ता.न.पा. पाल्पा